जोडिनुहोस
बिहिबार, फाल्गुन २२, २०८१
बिहिबार, फाल्गुन २२, २०८१
  • होमपेज
  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओको बाँडफाँड आज हुने तयारी गरेको भए पनि बलेफी हाइड्रोपावरको लिलामी सेयरको बोलपत्र खोल्ने समय पनि बिहीबार बिहान ८ बजे परेपछि आईपीओ बाँडफाँडको कार्यक्रम स्थगित गरिएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जानकारी गराएको छ ।नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।

उक्त आईपीओमा अन्तिम दिनसम्ममा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए । तसर्थ, यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । अब शुक्रबार आईपीओ बाँडफाँड भएपछि नतिजा सार्वजनिक हुनेछ ।

ताजा समाचार

धेरै टिप्पणी गरिएका