
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज बिहीबार एक आपसमा भिड्दै छन् ।
नेपाल दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको छ । नेपालले पहिलो मैत्रीपुर्ण खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ।
यो खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ मा सुरु हुनेछ।
खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्।
नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनको फाइनल पछि पहिलो पटक भिड्न लागेका हुन् ।
साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।