जोडिनुहोस
  • होमपेज
  • नेप्से २१.६३ अंकले घट्यो, झन्डै सात अर्बको कारोबार

नेप्से २१.६३ अंकले घट्यो, झन्डै सात अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २१.६३ अंक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.७९ प्रतिशतले घटेर २,७१४.८५ विन्दुमा बन्द भएको हो ।

आज ६ अर्ब ८३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा ३१ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, २०७ कम्पनीको सेयरमूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनीको सेयरमूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचकमात्र वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।

सर्वाधिक घट्नेमा विकास बैंक समूह छ । यस समूहको परिसूचक २.२५ प्रतिशतले घटेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका