जोडिनुहोस
  • होमपेज
  • पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । प्रमुख अतिथि अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जनालाई सामान्य चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन्  धेरै वटा बेलुन बत्तीको झिल्का नजिकै राख्दा तातोका कारण बेलुन पड्केका हुन् । मन्त्री पौडेलको कोट सल्किएको छ भने मेयरको गालामा आगोको झिल्काले छोएको छ । उनीलाई तत्कालै अस्पताल लगिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका