
जनकपुरधाम– नजिकिँदो पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियत तथा छुट मूल्यमा जनकपुरधाममा चामल बिक्री सुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको हो । सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहका अनुसार अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु भएको छ ।
अरुवा सोना मन्सुली प्रतिकेजी ६० तथा बासमती चामल प्रतिकेजी ११८ का दरले मूल्य निर्धारण गरिएको छ । उक्त मूल्य बजार मूल्यभन्दा प्रतिकिलो पाँचले सस्तो हो । मुजेलियास्थित खाद्यको कार्यालय हाताभित्र आजदेखि सुरु भएको सहुलियत दरको चामल बिक्री माघ २ गतेसम्म रहने प्रमुख साहले जानकारी दिए । सो सहुलियत तथा छुट मूल्यका लागि २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।