
हेटौँडा । पहिरोको कारण हेटौँडा-काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ ।
आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।