
काबुल— मालसामानको स्थानान्तरणमा पाकिस्तानले लगाएको प्रतिबन्धले अफगान व्यापारीहरूमा चिन्ता बढाएको छ । कराची बन्दरगाहमा व्यापारिक सामान बोक्ने करिब ८,७०० कन्टेनरहरू रोकिएको खामा प्रेसले उल्लेख गरेको छ।
व्यवसायीहरूका अनुसार पाकिस्तानले प्रत्येक कन्टेनरको लागि २०० अमेरिकी डलर जरिवाना लगाउँदै आएको छ जसले गर्दा उनीहरूलाई ठूलो आर्थिक नोक्सान हुन्छ।
‘यदि कन्टेनरहरूलाई अनुमति दिइएन भने हामीसँग कुनै विकल्प छैन । हामी या त संयुक्त राष्ट्र वा युरोपेली संघमा समस्या समाधान गर्न जान्छौं ।’ चीनमा अफगान व्यापारी संघका प्रमुख खान आगा गुलजादले चेतावनी दिएका छन् ।
यसैबीच, अफगान व्यापारीहरूले पनि तालिबान प्रशासनलाई यो मुद्दा कूटनीतिक रूपमा सम्बोधन गर्न आग्रह गरेका छन्।