
काठमाडौं– पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । हालैमात्र सिन्ध प्रान्तमा थप दुई जनामा पोलियोको सङ्क्रमण फेला परेको छ ।
पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार कराँची पूर्व र सुजवाल जिल्लाका दुई जनामा पोलियो पत्ता लागेको हो । प्रान्तमा यो वर्ष ७ जनामा पोलियोको सङ्क्रमण देखा परिसकेको छ । योसँगै पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या २६ पुगेको छ । पाकिस्तानको पोलियो उन्मूलन प्रयोगशालाका अनुसार २६ मध्ये सिन्धमा ७, बलोचिस्तान प्रान्तमा १५, खैबर पख्तुनख्वामा दुई र पञ्जाब तथा इस्लामावाद संघीय राजधानी क्षेत्रमा एकएक जनामा पोलियो देखा परिसकेको छ ।