
काठमाडौं। पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन्। १६ जना गम्भीर घाइते छन् ।
पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा बिहीबार बन्दुकधारीले आक्रमण गरेका हुन्। आक्रमणमा महिला र बालबालिकाहरु पनि मारिएका छन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।
बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए। अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ।