
काठमाडौं। राष्ट्रिय जनमोर्चाले पाथीभरामा केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न नसकिने बताएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गरेर केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न नसकिने बताएका हुन् ।
तथापि, उनले केबुलकार निर्माणसम्बन्धी योजना अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनु पर्नेमा भने जोड दिएका छन् ।
‘पाथीभरामा केबुलकार निर्माणमा अवरोध पुर्याउने कुरालाई हामीले सही मान्दैनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, केबुलकार निर्माणसम्बन्धी योजनालाई अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनु पर्दछ ।’
जनमोर्चाले पाथीभरामा केबुलकारको स्टेसन धार्मिक स्थलभन्दा निश्चित दूरीमा हुनु पर्ने र उक्त दूरी स्थानीय बासिन्दा तथा केबुलकार व्यवसायीबीचको आपसी सहमतिमा तय गरिनुपर्ने पनि बताएको छ ।