
काठमाडौं । भारतमा हुने लेजेण्ड्स क्रिकेट लिगमा नेपालका क्रिकेटर पारस खड्काले गुजरात टिमबाट खेल्ने भएका छन् ।
बिहीबार भएको अक्सनमा उनलाई गुजरात टिमले साढे १२ लाख भारुको बोली लगाएको हो । सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरुले खेल्ने लिजेण्ड्स क्रिकेट लिगमा चारवटा फ्रेन्चाइज क्लबहरु छन् ।
जसमा इन्डिया क्यापिटल्स, गुजरात जाइन्टस्, भिलवारा किंग्स र मणिपाल टाइगर्स रहेका छन् । यो प्रतियोगिता आगामी नोभेम्बर र डिसेम्बरमा सञ्चालन हुनेछ ।