जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ४२ मिनेटutes अगाडि
  • होमपेज
  • पुश चौपायामा छालाको रोग लम्पी स्किन डिजिज देखिन थालेपछि किसानहरु चिन्तित

पुश चौपायामा छालाको रोग लम्पी स्किन डिजिज देखिन थालेपछि किसानहरु चिन्तित

संखुवासभा :  जिल्लाका पुश चौपायामा छालाको रोग (लम्पी स्किन डिजिज) देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहमा पशु चौपायामा छालासमबन्धी रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोखरेलले बताए।

छालाको रोगबाट जिल्लाभर ५० भन्दा बढी पशु चौपाया मरिसकेको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र  प्रमुख पोखरेलले जानकारी दिए।

खाँदबारी नगरपालिका–२ र ६ मा रोगको संक्रमण सबैभन्दा बढी देखिएपछि स्थानीयका घर–घरमै पुगेर पशुहरुको उपचार गरिएको भेटेरिनरी अस्पताल प्रमुख पोखरेलले बताए। अभियानकै रूपमा कृषकहरुको घर–घरमा पुगेर उपचार गरिएको छ, अझै पनि सचेत रहन सबै पशुपालक कृषकहरुलाई अनुरोध गरिएको प्रमुख पोखरेलले बताए।

यसबारे जिल्लाभर नै सचेतना फैलाउन सबै पालिकाहरुलाई पनि खबर गरिएको उनले बताए। उनका अनुसार, खाँदबारी नगरपालिकाको वडा नं. ७, ८, ९ र १० र पाँचखपन नगरपालिकाको वडा नं. १, ३, ४ र ५ का साथै भोजपुरको षडानन्द नगरपालिकामा समेत फाटफुट देखिएको छ।

उनका अनुसार यो रोगबाट पशुहरुको खुट्टा,  च्यापु, माला, अण्डकोष, फाँचो सुनिने, शरीरभरि फोका आउने, दाना, घाँसपानी नखाने, नउग्राउने, ज्वरो आउने, दुहुना पशुको दूध सुक्ने, ब्याउने पशु भए तुहिने, कमजोर हुने लगायतका लक्षणहरु देखिने गर्छन्।

खाँदबारी नगरपालिका र पाँचखपन नगरपालिकाबाट सुरु भएको छालाको रोग (लम्पी स्किन डिजिज) पछिल्लो समय मकालु, सिलिचोङ र भोटखोला गाउँपालिकाबाहेक अन्य सबै पालिकाहरुमा फैलिएको भेटेरिनरी अस्पतालका प्रमुख पोखरेलले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका