
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार बालुवाटारमा भएको भेटका क्रममा देउवाले यादवको नाम सिफारिस गरेका हुन् । देउवानिकट नेतृ यादव यसअघि शिक्षामन्त्री भइसकेकी छन् । उनी पार्टीको कोषाध्यक्षको भूमिकामा थिइन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिइन् । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले पूर्वउपसभामुखसमेत रहेकी यादवको नाम राजदूतमा सिफारिशसगर्ने बताइएको छ । यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिस भएको थियो । तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगिएका सहयोगी फिर्ता नगरेको आरोप लागेपछि नाम हटाइएको थियो।