
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन्। गत साता लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका शाह आगामी साता नेपालगञ्ज भ्रमणमा जान लागेका हुन् ।
पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकले आज बिहान एक विज्ञप्ति जारी गर्दै आगामी साता उनी नेपालगन्ज जाने निश्चित भएको जानकारी गराए।
पूर्वराजा शाहको साथमा उनकी पत्नी कोमल शाहसमेत रहने छिन् । अहिलेको भ्रमणका क्रममा हुने कार्यक्रमबारे शाहको सचिवालयले केही खुलाएको छैन।