
काठमाडौं। नेपाल प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले ब्याटिङ गर्दै छ ।
पोखरा आफ्नो तेस्रो र लुम्बिनी दोस्रो खेल खेल्दै छ । तर दुवै टोली जितविहीन छन् । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार बेहोरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो ।