
काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेञ्जर्सले लज्जास्पद हार बेहोरेको छ ।
चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेञ्जर्स १३.२ ओभरमा ७४ रनमा अल आउट भएको हो ।
सोहेल तनवीर र रिजन ढकालले घातक बलिङ गर्दा पोखरा एभेञ्जर्स ७४ रनमा समेटिएको हो ।
पोखरा एभेञ्जर्सलाई सस्तैमा समेट्न सोहेल, रिजन र लुक बेन्केनस्टाइनले समान ३–३ विकेट लिए ।
दिपक बोहराले १ विकेट लिए ।