जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ६0 मिनेटutes अगाडि
  • होमपेज
  • प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो ‘सिक्लेस’

प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो ‘सिक्लेस’

गण्डकी। वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँ ठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ ।

गुरुङ समुदायको बाहुल्य रहेको सिक्लेस सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ ।

सिक्लेसको परिचय त्यतिमा मात्रै सीमित छैन, यो राजनीतिक रुपमा ऐतिहासिक थलो पनि हो । नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रुपमा पनि सिक्लेसलाई लिइन्छ ।

तत्कालीन समयमा सशस्त्र आन्दोलनरत नेपाल कम्युनष्टि पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरी वार्ताको वातावरण बनाउन तत्कालीन गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला सिक्लेस पुगेका थिए ।

त्यस लगत्तै अध्यक्ष प्रचण्डलगायत माओवादी पार्टीको शीर्ष नेतृत्व २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भएका थिए । शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको यो स्थानमा केही समयअघि शान्ति स्मारकको अनावरण गरिएको थियो ।

पर्यटन राजधानी पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरीमा रहेको यो ठाउँ समुन्द्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा छ ।

केही वर्षयता आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न थालेपछि सिक्लेसमा घरबास र होटेलहरूको सङ्ख्या बढ्न थालेको छ ।

प्रकृति र संस्कृतिको धनी सिक्लेसमा स्थानीयको न्यानो आतिथ्यताले पर्यटकलाई लोभ्याउने गरेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको यो गाउँ मादी गाउँपालिकाको वडा नं १ मा पर्दछ ।

सिक्लेस प्रवेश गर्दा तातो चिया र मकै भटमासले स्वागत गर्ने यहाँको चलन छ । बेलुका होटेल तथा घरबास सञ्चालकले मीठो परिकारको स्वाद चखाउँछन् ।

त्यसैगरी, टीका र फूलले बिदाइ गर्ने परम्परा छ । सिक्लेसमा एक पटक आउने पर्यटक दोहो¥याएर आउने गरेको साजन इन्द्रेणी गेष्ट हाउसका सञ्चालक लिलिमाया गुरुङको अनुभव छ ।

गुरुङ गाउँका रुपमा आफ्नै विशिष्ट मौलिकता बोकेको सिक्लेस प्रकृति र संस्कृतिका जीवन्त पक्ष हेर्ने बुझ्ने थलो पनि भएको उनको भनाइ छ ।

पछिल्लो दश वर्षदेखि सिक्लेसमा होटल सञ्चालन गरिरहेकी उनले सुरुमा घरबासस ‘होमस्टे’ सुरु गरेकी थिइन् । हाल सिक्लेसमा २८ वटा होटल तथा ३६ वटा घरबासले पर्यटकलाई सेवा दिइरहेका छन् ।

सिक्लेसमा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले सञ्चालन गरिरहेको इको म्युजियम र यहाँ बनाइका कोइबोहरू अनुसन्धानकर्ताका लागि गन्तव्य बन्दै गएको मादी गाउँपालिका–१ का वडा अध्यक्ष देवी जङ्ग गुरुङले बताए ।

इको म्युजियममा विशेषतः सांस्कृतिक सम्पदा र परम्पराका साथै गुरुङ समुदायको जीवनशैली (अन्य जातीय अल्पसङ्ख्यकहरूसहित) आदिलाई जीवन्त रुपमा चित्रण गर्ने गरी सामग्री राखिएका छन् ।

विशेषतः गुरुङ समुदायको रहनसहनलाई सङ्ग्रहालयमा देखाउने प्रयास गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

गुरुङ सभ्यताको विशिष्ट स्थलका रुपमा विकसित सङ्ग्रहालय गुरुङ सभ्यताको जानकारी राख्न चाहने जो कोहीका लागि उपयोगी बन्दै गएको छ ।

सङ्ग्रहालयमा गुरुङ संस्कृतिका साथै पर्यावरणीय अध्ययन तथा सिक्लेस क्षेत्रमा पाइने विभिन्न जडीबुटी राखिएको छ ।

सङ्ग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने जडीबुटीहरू कुट्को, कुरिलो, सतुवा, विष, नीलो विष, जटामसी, सिल्टिमुर, पाँचऔँले, यार्सागुम्बाबारे जानकारी एवम् अवलोकन गर्न सकिन्छ ।

साथै गुरुङ संस्कृतिका वेशभूषा, संस्कृतिका साथै रहनसहनका हरेक पक्षलाई जीवन्त चित्रण गर्ने किसिमका सामग्री प्रदर्शनमा राखिएको छ ।

सङ्ग्रहालयमा गुरुङ समुदायको मौलिक पोसाक राखिएको छ । साथै पर्यटकहरू उक्त पोसाकमा सजिएर तस्बिर खिच्ने गरेका छन् । सङ्ग्रहालय प्रवेश गर्ने बित्तिकै गुरुङ धर्मगुरु पत्यु, ल्हेउरी र बन्पोलमको प्रतिमा देख्न सकिन्छ ।

वि.सं २०७१ देखि सञ्चालनमा आएको सङ्ग्रहालय यहाँ पर्यटकको ‘बलेट लिस्ट’मा छुटाउने नहुने गन्तव्य भएको सङ्ग्रहालय व्यवस्थापन उपसमितिका सचिव कृष्टी गुरुङको भनाइ छ ।

चालु आर्थिक वर्षको छ महिनामा एक हजार ७०० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् । सङ्ग्रहालयमा प्रवेश शुल्कबापत नेपाली सर्वसाधारणका लागि ५०, विद्यार्थीका लागि ३० र विदेशी पर्यटकका लागि एक सय ५० निर्धारण गरिएको छ ।

पर्यटकको सुरक्षाका लागि विभिन्न ६४ स्थानमा सिसिटिभी जडान गरिएको वडा अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सिक्लेसलाई सांस्कृतिक ग्रामका रुपमा विकास गर्ने गरी व्यवस्थित सिँढी, बाटो, सडक बत्तीको व्यवस्था पनि भइसकेको छ ।

स्थानीय स्तरमा सञ्चालित सिक्लेस हाइड्रोपावरबाट २०० किलोवाट विद्युत् नियमित आपूर्ति भइरहेको छ । सिक्लेसमा सङ्ग्रहालयसँगै शान्ति स्मारक, सिक्लेस पार्क पनि निर्माण गरिएको छ । यहाँबाट देखिने विभिन्न हिमालको दृश्यावलोकन पर्यटक आकर्षित गर्ने माध्यम हुन् ।

सम्बन्धित समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ ।  यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ ।  पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए ।  कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् ।  उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।”  उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

ताजा समाचार

धेरै टिप्पणी गरिएका