
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुराउने काम नगर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मोदीले मुलुकको परिवर्तनका लागि भएका घटनालाई हिंसा भन्ने नमिल्ने भन्दै ती विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्याउने काम नगर्न आग्रह गरेका हुन् । कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा विद्रोहको नाममा भएको हत्यालाई नबिर्सन उनले सुझाव दिए । शान्तिका लागि अथक प्रयास गरेकाले प्रचण्डलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्ने उनले बताएका छन् ।
समावेशी समानुपातिकको पक्षमा लडेका कारण प्रचण्डलाई जनक भनिनुपर्नेसमेत उनले बताएका छन् ।