जोडिनुहोस
  • होमपेज
  • प्रचण्डले भने- कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्दैन

प्रचण्डले भने- कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका छन् ।

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका छन् । विपक्षीले राखेको मागलाई प्रधानमन्त्रीले सहज रूपमा लिनुपर्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्ने जिकिर गरे । प्रचण्डले संक्रमणकालीन न्यायसंगसम्बन्धी विषयमा प्रधानमन्त्रीसँग सहमति भएपछि आफू हिँडेको र त्यस दिन कुलमानबारे कुनै चर्चा नभएको जिकिर गरे ।

तर संक्रमणकालीन न्यायसंगसम्बन्धी छलफलपछि कुलमानका विषयमा निर्णय गरेर प्रधानमन्त्रीले जालझेल गरेको आफूलाई महसुस भएको उनले गुनासो गरे ।

उनले संक्रमणकालीन न्यायसँग कुलमान साट्यो भनेर भ्रम फैलाइएको प्रति आफू दुखित भएको भन्दै सत्य तथ्य राखिदिन सञ्चारकर्मीसँग आग्रह गरे ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका