जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • प्रचण्ड र देउवाबीच चर्काचर्की, बालकुमारीको बाछिटा बालुवाटारमा

प्रचण्ड र देउवाबीच चर्काचर्की, बालकुमारीको बाछिटा बालुवाटारमा

दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा जिम्मेवार रहेको भन्दै सरकारले केही प्रहरी अधिकारी निलम्बन गर्न खोज्दा गठबन्धन दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको मनोबल खस्कने र कारबाही गर्न नहुने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चर्काचर्की परेको छ ।

बैठकमा सहभागी कांग्रेसका एक जना नेताले खबरहबलाई बताएअनुसार बालकुमारीमा गम्भीर सुरक्षा लापरवाही भएको र त्यहाँको कमाण्डको जिम्मेवारीमा खटिएका प्रहरी नायब उपरीक्षक उमेश लम्सालसहितका प्रहरी अधिकारीहरुलाई कारवाही गर्न लागेको जानकारी दिनासाथ देउवा झोँक्किएका थिए ।

स्रोतका अनुसार देउवाले प्रहरीलाई कारवाही गर्न नहुने अडान लिएपछि प्रधानमन्त्री प्रचण्डसमेत झोक्किँदा केहीबेर बैठक असामान्यजस्तै बनेको थियो । सरकारको काममा पटक–पटक हस्तक्षेप गरेको तथा घटनामा संलग्नलाई कारवाहीको दायरामा नल्याए सरकारमाथि प्रश्न उठ्ने भन्दै प्रधानमन्त्री प्रचण्डले देउवालाई कारवाही रोक्ने भए सरकार आफैँ चलाउन जवाफ फर्काए । प्रधानमन्त्रीले त्यसो भनिरहँदा देउवा पनि चर्किएपछि परिस्थिति असामान्य बनेको थियो ।

बैठकमा सहभागी स्रोतका अनुसार परिस्थिति असामान्य बनेपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कांग्रेस नेता रमेश लेखकले बैठकबाट देउवालाई अर्को कोठामा लगेका थिए । सरकारको निरन्तरता प्रधानमन्त्री प्रचण्डलाई भन्दा कांग्रेसलाई बढी महत्वपूर्ण रहेको भन्दै देउवालाई केहीबेर खड्का र लेखकले सम्झाएका थिए ।

यता प्रधानमन्त्री प्रचण्डले भने हरेकजसो काममा देउवाले हस्तक्षेप गरेको भन्दै सरकार, गठबन्धन जे–जे गए पनि जाओस् तर सरकार मूकदर्शक भएर बस्न मिल्दैन भन्ने अडान लिएका थिए । केहीबेरपछि पुनः बैठक कोठामा प्रवेश गरेका देउवाले सरकारी निर्णय मान्ने र दबाब नदिने भनी लचकता अपनाएर केहीबेरपछि बालुवाटारबाट बाहिरिएको स्रोतले बतायो ।

देउवा निकट स्रोतका अनुसार हरेकजसो ठूला घटना र काण्डहरुको छानबिनमा देउवाको अस्वाभाविक दबाबबाट प्रधानमन्त्री प्रचण्ड आजित बनिसकेको र गठबन्धन कुनै पनि बेला भत्कनसक्ने भन्दै कांग्रेस नेताहरुले देउवालाई सम्झाइरहेको कांग्रेसका एक नेता बताउँछन् । शनिबार बालुवाटारमा प्रधानमन्त्री दाहालसँग चर्काचर्की परेपनि कांग्रेस सभापति देउवाको दुई तिहाई बहुमत रहेको केन्द्रीय कार्यसमितिको बैठकले सत्ता गठबन्धनबीचको सहमति पूरा नभएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै रहिरहने निर्णय गरेको छ ।

तर, कांग्रेस बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले जनतामा विश्वास जगाउन नसकेको निष्कर्षसमेत निकालेको छ ।यसअघि सिंहदरबारमा सुनकाण्डबारे छलफल गर्न भनी सिंहदरबारमा भएको सर्वदलीय बैठकमा पनि कांग्रेस सभापति देउवा अस्वाभाविक रुपमा प्रस्तुत भएका थिए ।

देउवाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गलत बयान गराएको र प्रहरीले ठीक काम नगरी आफ्ना नेता बालकृष्ण खाँडलाई थुनेको भनी आक्रामक बनेका थिए।    त्यसबेला पनि बैठकमा सहभागी अरु नेतासँगै उपप्रधानमन्त्री खड्काले सम्झाएपछि देउवाले केहीबेरसम्म बैठकमा विषय नै प्रवेश गर्न दिएका थिएनन् ।

पछिल्लो समय मन्त्रिमण्डल हेरफेरमा पनि प्रचण्ड र देउवाबीच मनमुटाव रहँदै आएको छ । हरेकजसो काण्डमा सरकारले थालेको कारवाही, प्रहरी सरुवा, बढुवा, राजदूत नियुक्ति आदिमा देउवा हावी हुँदै जाँदा प्रधानमन्त्री दाहाल असन्तुष्ट बन्दै गएका छन् । प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति देउवाबीच अहिलेकै जस्तो हरेक विषयमा असमझदारी बढ्दै गए गठबन्धनको भविष्यमै प्रश्न उठ्न सक्ने देउवानिकट एक कांग्रेस नेताले बताए । दुई नेताबीचको चर्काचर्कीबारे माओवादी र कांग्रेस दुबैतर्फका नेताहरु औपचारिक प्रतिक्रिया दिन भने डराएका छन् । कांग्रेस नेता मीन विश्वकर्मा सभापति देउवा र प्रधानमन्त्री दाहालबीच राम्रो सम्बन्ध भएकाले गठबन्धन ४ वर्षसम्म टिक्ने दाबी गर्छन् ।

उता प्रधानमन्त्रीको सचिवालयका सदस्यले पनि प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच राम्रो सम्बन्ध रहेको दाबी ग¥यो । सचिवालय स्रोतले भन्यो, ‘दुबै नेताको सम्बन्ध राम्रो छ, बाहिरबाट कसैले खेल्न खोजे पनि गठबन्धन टुट्ने कल्पना गर्न सकिँदैन ।’ कांग्रेस सभापति देउवाले सुरुमा कुरो नबुझेर प्रहरीमाथि कारवाही नगर्न भने पनि पछि मन्त्रीको गाडी जलेको र दुईजनाको मृत्युको खबर थाहापछि डीएसपीलाई निलम्बन गर्न सहमति दिएको सचिवालय स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ ।  यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ ।  पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए ।  कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् ।  उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।”  उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

ताजा समाचार

धेरै टिप्पणी गरिएका