
काठमाडौं । नेकपा एमालेले माओवादीलगायतका दलहरूसँगको सहकार्यमा निर्माण गरेका प्रदेश सरकारहरूबाट तत्काल हात नझिक्ने भएको छ ।
संघीय सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको एमालेले प्रदेश सरकारका विषयमा भने कुनै नयाँ निर्णय लिएन ।
आज सचिवालय बैठकपछि पत्रकारसँग बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारबाट हट्ने र समर्थन फिर्ता लिने निर्णय संघीय सरकारको हकमा मात्रै भएको बताए ।
प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको उनले जानकारी दिए । एमालेबाट ३ वटा प्रदेशमा मुख्यमन्त्री चयन भएका छन् । थप ३ प्रदेशमा सरकारमा सहभागी छ ।