
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । २८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । सत्ता साझेदार दल मध्येको प्रमुख पार्टी नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गरेका हुन् ।