जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कप क्रिकेट स् किरण ठगुन्नाले एकै सिजनमा दुई शतक बनाउने कीर्तिमान बराबरी गरे

प्रधानमन्त्री कप क्रिकेट स् किरण ठगुन्नाले एकै सिजनमा दुई शतक बनाउने कीर्तिमान बराबरी गरे

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले एकै सिजनमा दुई शतक बनाउने कीर्तिमान बराबरी गरेका छन् ।

किरणले गएको संस्करणमा दुई शतक प्रहार गरेका त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी र सन् २०२२ मा दुई शतक प्रहार गरेका नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीको कीर्तिमान बराबरी गरेका हुन् ।

गएको संस्करणमा विनोदले मधेश प्रदेश र कर्णाली प्रदेशसँगको खेलमा शतक बनाएका थिए । यस्तै २०२२ मा दीपेन्द्रले बागमती प्रदेश र आर्मीसँगको खेलमा शतक बनाएका थिए ।

किरणले आज दाङको देउखुरी रङ्गशालामा कोशी प्रदेशसँगको खेलमा शतक बनाएका हुन् । किरण ९१ बलमा १ सय १५ रन बनाएर आउट भए । यसअघि किरणले गण्डकी प्रदेशसँगको खेलमा शतक बनाएका थिए ।

अहिले कोशीले सुदूरपश्चिमले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याइरहेको छ । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले किरणको शतकको मद्दतमा ४३ ओभर ४ बलमा २ सय ४२ रन बनाउँदा अलआउट भयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका