
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन बीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्रीसँग भेट गरेका छन् ।
भेटका क्रममा उनले प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा उनीहरू बिच समसामयिक राजनीतिका विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।