
एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले राजनीतिक नियुक्तिमा गएकाहरुलाई १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको छ । पार्टी कार्यकर्ताबाट सहयोग संकलन गरेर राहत कोषमा जम्मा २५ लाख रुपैयाँ जम्मा गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।