जोडिनुहोस
  • होमपेज
  • प्रहरी अस्पतालबाटै चोरिए सरसामान

प्रहरी अस्पतालबाटै चोरिए सरसामान

नेपाल प्रहरी अस्पताल महाराजञ्जबाट विभिन्न सरसामानहरू चोरी भएको छ । प्रहरी अस्पतालमा रुइस्का पन्त र बसन्ती महराका सरसामानहरू चोरी भएको हो । उनीहरूको सरसामान चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ घर भएका २९ वर्षीय अमबरबहादुर श्रेष्ठ छन् । उनले १० फागुनमा रुइस्का र बसन्तीको विभिन्न सामानहरू चोरी गरेको आरोप छ ।

उनीहरू दुई जना आईसीयूको कक्षको स्टाफ रुममा सरसामान तथा झोलाहरू राखेर ड्यूटीमा खटिएका थिए । ड्यूटी सकेर लुगा चेन्ज गरेर घर फर्केन क्रममा सरसामानहरू नेभटिएपछि खोजी गर्दा चोरी भएको पाइएको प्रहरीको भनाइ छ । रुइस्काको झोलामा रहेको १०० को एक थान अमेरिकी डलर, २ हजार नेपाली रुपैयाँ, तीन वटा बैंकको एटीएम कार्ड र प्रहरीको परिचयपत्र समेत भएको पर्स चोरी भएको थियो ।

त्यसैगरी बसन्तीको पनि १५ सय रुपैयाँ, १ थान पर्स, ३० हजार पर्ने एप्पलको एअरवर्ड चोरी भएको थियो । सीसीक्योमराको फुटेज हेर्दा चोरी गर्ने मान्छे पत्ता लागेको थियो । सीसीक्यामेरामा देखिएको हुलियाकै आधारमा चोरी आरोपमा श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको थियो । चोरी गरेको समयमा उनले लागुऔषध समेत सेवन गरेको पाइएको प्रहरीको भनाइ छ । जसकारण उनलाई चोरीका साथै लागु औषधको कसुरमा समेत मुद्दा चलाइएको छ । चोरी आरोपमा पक्राउ परेका व्यक्ति किरब डेढ वर्षदेखि पठाओ चलाउँदै आएको प्रहरीको भनाइ छ ।

उनी त्यस दिन बिरामी भट्न भन्दै प्रहरी अस्पताल पुगेको पाइएको छ । त्यसपछि आईसीयु कक्षको चेन्जिङ रुममा गएर ती सामानहरु चोरी गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

श्रेष्ठविरुको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटी वा साधारण तारेखमा छाड्ने पा पुर्पक्षका लागि कारागार पठाउनेमध्ये एक आदेश आउने छ ।

 

धेरै टिप्पणी गरिएका