
काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अङ्कले बढेको छ । उक्त सेसनमा नेप्से १.४४ अङ्कले बढेर २८१९.८८ को विन्दुमा पुगेको छ ।
सो सेसनमा १ करोड ४९ लाख ६० हजार रुपैयाँ बराबरको १६ हजार ५१२ कित्ता शेयर किनबेच भएको छ । सेसन अवधिमा २९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३४ वटा कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
सो सेसनमा ७६ वटा कम्पनी कारोबारमा आउँदा २३० पटक शेयर किनबेच भएको छ ।