
साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलअघि दशरथ रंगशाला वरपर दर्शकको चहलपहल बढ्दै गएको छ । बुधबार साँझ १८ः३० बजे दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्न दर्शक जानथालेका हुन् । जसले गर्दा रंगशाला वरपर त्रिपुरेश्वरमा चहलपहल बढेको हो ।