जोडिनुहोस
  • होमपेज
  • बहादुर सुरक्षा गार्ड भाटभटेनीबाट पुरस्कृत: पाँच लाख नगद र पाँच ग्रेड बढुवा

बहादुर सुरक्षा गार्ड भाटभटेनीबाट पुरस्कृत: पाँच लाख नगद र पाँच ग्रेड बढुवा

काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ ।

उनलाई आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे ।

कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका