
धनगढी। बाजुरामा स्कारपियो जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ। सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त छन्। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ।
उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।