जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • बाबुरामले थपे ज्वाइँसहित ९ केन्द्रीय सदस्य

बाबुरामले थपे ज्वाइँसहित ९ केन्द्रीय सदस्य

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा ९ जना केन्द्रीय सदस्य थपिएका छन्।

आइतबार अध्यक्ष बाबुराम भट्टराईले ९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन्।

केन्द्रीय सदस्यको १० प्रतिशत मानोनित गर्ने विधानको व्यवस्था बमोजिम अध्यक्ष डा. भट्टराईले ९ जना केन्द्रीय सदस्य मनोनित गरेका हुन्। ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भइसकेका छन्।

मनोनीत हुने केन्द्रीय सदस्यहरूमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन्।

सदस्यमा मनोनीत हुने जेकेन्द्र अध्यक्ष डाक्टर भट्टराईका ज्वाइँ हुन्। बाबुरामकी छोरी मानुषी भने यसअघि नै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

धेरै टिप्पणी गरिएका