
काठमाडौं, बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो ।
बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । डेम्बेलेले खेलको ५२ औं मिनेटमा गोल गरे । यस्तै खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो ।