
स्याङ्जा। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले सवारीचालकलाई पक्राउ गरेको छ।
अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियारलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला अदालतमा बिहीबार जबरजस्ती करणी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
घटना गत वैशाखको हो। गाउँमै जीप चलाउँदै आएका सूर्यले बालिकालाई डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितको आमाले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। उजुरीको आधारमा प्रहरीले परियारलाई सोही दिन पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
पीडकको डर धम्कीका कारण न्यायको लागि यत्तिका महिनासम्म प्रहरीमा उजुरी दिन नसकिएको भन्दै पीडितको आमाले प्रहरीलाई बयान दिएकी थिइन्।