जोडिनुहोस
शुक्रबार, फाल्गुन १६, २०८१
शुक्रबार, फाल्गुन १६, २०८१
  • होमपेज
  • बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बुढानीलकण्ठमा जारी छ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक अहिले जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अपराह्न ४ बजे बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो । बैठकमा सङ्घीयता कार्यान्वयनमा देखापरेका अप्ठ्यारा कसरी समाधान गर्ने, संसदमा पेस भएका महत्त्वपूर्ण विधेयक यही अधिवेशनबाट सकभर कसरी पास गर्ने र भ्रातृ संस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशन दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन दिन बैठक बोलाइएको हो ।

 

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?