जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • बेलायतद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

बेलायतद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

लण्डन । युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरूविरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेको हुन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुगेका छन् । उनले बेलायतको संसद्लाई सम्बोधन गर्ने कार्यक्रमका बीच यो घोषणा भएको हो ।

यो घोषणा युक्रेनविरुद्ध ड्रोन जस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउँने ६ वटा संस्थाहरू, कुलीन आठ व्यक्तिहरू र एउटा संस्था विरुद्ध केन्द्रित हुनेछ । बेलायती विदेशमन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई थप आर्थिक दवाब पर्ने बताएका छन् ।

‘यी नयाँ प्रतिबन्धहरूले पुटिनमाथिको आर्थिक दवाबलाई थप बलियो बनाउँने छ । युक्रेनलाई विजयी बनाउन मद्दत गर्न र रुसलाइ कमजोर पार्न म दृढ छु । यी कुराहरू हाम्रो कानूनसँग मेल खान्छ’ उनले भने ।

यो लागू प्रतिबन्ध सीएसटी, ड्रोन निर्माता, आरटी–कम्प्लेक्ट, द्वन्द्वमा प्रयोग हुने हेलिकप्टरका पार्टपुर्जाहरू बनाउँने कम्पनी र अन्य सैन्य उपकरणहरूको ढुवानी व्यवस्थापन गर्ने ओबोरोनोलोजिस्टि, एन्टी–एयरक्राफ्ट मिसाइल निर्माणसँग सम्बन्धित छ । त्यसैगरी सैन्य उड्डयनमा संलग्न सफ्टवेयर कम्पनी टोपाज लगायतलाई पनि बेलाइतले प्रतिबन्ध लगाएको छ ।

यसका अतिरिक्त कुलीन लक्षित व्यक्तिहरूमा बोरिस टिटोभ, निकोले एगोरोभ, सर्गेई रुडनोभ, स्वेतलाना क्रिभोनोगिख र विक्टर म्याचिन रहेका छन् । यसबाहेक, बेलाइत सरकारले प्रतिबन्ध लगाएका व्यक्तिहरूमा एलेक्सी रेपिक, इभजेनी स्कोलोभ र पावेल टिटोभ समावेश छन् । रुस–युक्रेन युद्ध विगत एक वर्षदेखि निरन्तर जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका