
ब्रोकर नम्बर १०१ अर्थात एप्पल सेक्युरिटिज प्रा.लि तीन दिनका लागि कारबाहीमा परेको छ । तोकिएको समयभित्र राफसाफ तथा फछर्यौट (शेयर बेचेको वा किनेको रकम लिने वा दिने) नगरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ३ दिनका लागि कारबाही गरेको हो।
नेप्सेका सुपरीवेक्षण शाखाका वरिष्ठ अधिकृत सन्तोष आचार्यका अनुसार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आइतबार पठाएको पत्र अनुसार कारबाही गरिएको हो ।
उक्त ब्रोकरको माध्यमबाट ३ दिनसम्म कुनैपनि शेयर किनबेच गर्न पाउने छैन । त्यसमा भएकाले ग्राहकले पनि उक्त ब्रोकर प्रयोग गर्ने पाउने छैनन् ।