जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • भुटानको दुर्गम गाउँका किसानले पाए दूधको लागि भरपर्दो बजार

भुटानको दुर्गम गाउँका किसानले पाए दूधको लागि भरपर्दो बजार

थिम्पु– भुटानको दुर्गम गाउँ गोएन्पाले दुधको लागि भरपर्दो बजार फेला पारेका छन् । उनीहरुले आफ्नो दुध अब भुटानको चेनरी, ट्राशिगाङमा रहेको कौफुकु इन्टरनेशनलको डेयरी प्रशोधन केन्द्रमा बेच्ने भुटान लाईभले उल्लेख गरेको छ ।

यस सुविधाबाट किसान लाभान्वित भए पनि पशुखानाको बढ्दो मूल्यका कारण दूधको हालको मूल्यमा समायोजन गर्नु आवश्यक भएको उनीहरुको माग छ ।

गोएन्पाका किसानहरू मुख्य रूपमा जर्सी गाईहरू पाल्ने गरेका छन् । त्यहाँ लगभग ८० व्यक्तिको समूहले दुध उत्पादन गर्ने गरेका छन् । उनीहरुले आफ्नो दुग्ध उत्पादनको लागि बजार खोज्ने चिन्ता लिनु नपर्ने बताइएको छ। यादी गोनोर देतसेनका अध्यक्ष दोर्जी दुग्ध प्रशोधन प्लान्टका धेरै लाभार्थीमध्ये एक हुन्।

दूध संकलन गरिसकेपछि यसलाई यदी दूध सङ्कलन केन्द्रमा ढुवानी गरिन्छ र प्रशोधन प्लान्टमा पठाउनुअघि बिग्रन नदिन मेसिनमा तुरुन्तै चिसो गरिन्छ।

मासिक करिब ३०० लिटर दुध उत्पादनका साथ दोर्जीले १०,००० भन्दा बढी आम्दानी गर्छन्, जसलाई उनी घरायसी सामान खरिद गर्न प्रयोग गर्छन्। ‘हामीले आफ्नो दूध कम्पनीलाई बेच्दा यसले हाम्रो कामको बोझ घटाएर हामी सबैलाई फाइदा पुर्‍याएको छ। यदि हामीले चीज र बटर उत्पादन गर्ने हो भने, थप श्रम चाहिन्छ। कहिलेकाहीँ, हामी यी उत्पादनहरूको लागि बजार खोज्न कठिनाइको सामना गर्छौं।दोर्जी ले भुटान लाइभलाई भने ।

अर्का किसान किन्जाङ चोदेनले भने,‘म गाईवस्तुमा मात्र निर्भर छु। दिनमा १० देखि ११ लिटर दूध बेचेर मासिक १४ हजारदेखि १५ हजारसम्म आम्दानी गर्न सक्षम छु। हाम्रो समुदायका करिब ५० प्रतिशत किसानहरू निर्भर छन्। गाईविना हाम्रो जीविकोपार्जनको लागि केही हुँदैन। साथै, हामी आफ्नो खेतमा गाईको गोबर मलको रूपमा प्रयोग गर्छौं।’

त्यहाँका दुध उत्पादक किसान समूहले अहिले दैनिक २ सय ७५ लिटर दूध बिक्री गर्दै आएको छ । यद्यपि, कौफुकुले गाईको दानाको मूल्यलाई मध्यनजर गरेर दूधको मूल्य बढाएको खण्डमा अझ फाइदा हुने, द भुटान लाइभले लेखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका