
जाजरकोट । मध्यरातमा गरेको भूकम्पमा परि जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।
नगर उपप्रमुख सरिता सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।
उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् । भूकम्पमा परि जाजरकोट र रुकुममा गरि हालसम्म ५० जना बढीले ज्यान गुमाइसकेका छन् ।