जोडिनुहोस
  • होमपेज
  • भूमि अध्यादेश होल्ड भएकोबारे राष्ट्रिय सभामा चासो

भूमि अध्यादेश होल्ड भएकोबारे राष्ट्रिय सभामा चासो

भूमि अध्यादेश होल्ड भएकोबारे राष्ट्रिय सभामा सांसदहरूले चासो व्यक्त गरेका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय जनमोर्चा (राजमो)का सांसद तुलप्रसाद विश्वकर्माले सँगै आएका अन्य अध्यादेश प्रतिस्थापन विधेयकमार्फत अगाडि बढेको तर, भूमि सम्बन्धी अध्यादेश होल्ड भएको स्मरण गरेका हुन् ।

सभामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

सरकारले अध्यादेश ल्याउनु भनेको कानुन बनाउने थलो संसदलाई कमजोर बनाउनु रहेको भन्दै उनले प्रतिस्थापन विधेयक अगाडि बढाउन नहुने आफ्नो पार्टीको मत रहेको बताए ।

‘सरकारले पुस २९ गते पाँच वटा अध्यादेश ल्याएको थियो । यद्धपि, भूमि सम्बन्धी अध्यादेश माघ २ गते मात्रै जारी भएको थियो । सरकारले माघ १५ गतेका लागि माघ ७ गते अधिवेशन आह्वान गरेको थियो । जम्माजम्मी ७ दिनमा त्यस्तो के पर्‍यो र अध्यादेश ल्याउनुपर्‍यो त्यसको पुष्टि हुन सकेको छैन’ उनले भने ।

सांसद विश्वकर्माले भने जस्तै भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो ।

त्यस अगाडि गत १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा चारवटा अध्यादेश जारी भएका थिए ।

यसरी संसद अधिवेशन नरहेका बेला सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये ५ वटा अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढेका छन् । ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक संसदमा आएर अगाडि बढेको छ ।

तर, भूमि सम्बन्धी अध्यादेश भने दुवै सभाबाट स्वीकृत हुन सकेन । स्वीकृत हुन नसकेपछि यो अध्यादेशको प्रतिस्थापन विधेयक आउने कुरै भएन । यो विषय राजमोका सांसद विश्वकर्माले राष्ट्रिय सभामा स्मरण गरेका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका