जोडिनुहोस
  • होमपेज
  • मकवानपुरको मनहरीमा महिलाको ज्यान लिएको बाघ नियन्त्रणमा

मकवानपुरको मनहरीमा महिलाको ज्यान लिएको बाघ नियन्त्रणमा

काठमाडौं। मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई हिजो बेलुका नियन्त्रणमा लिइएको छ । चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।

मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट आइतवार राति घर नजिकैको बारीमा ७२ वर्षीया कान्छीमाया रुम्बा मृत फेला परेका थिए । बाघले सोमवार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सात वटा बाख्रासमेत मारेको थियो । यी दुई घटनापछि स्थानियवासी त्रसित बनेका थिए ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अ¥लका अनुसार बाघको खोजीका लागि निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको चार वटा हात्तीसहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली चार जना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।

बाघ घटना भएको क्षेत्रमै रहेको थियो । मनहरी–५ वसन्तपुर सुकौराखोलामा डार्ट प्रविधिद्वारा नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको उनले जानकारी दिए ।

मनहरीमा बाघ, हात्तीलगायतका वन्यजन्तुको आतङ्क विगतदेखि नै छ । चार महिनाअघि मात्रै मनहरी–६ प्रतापुरमा भैँसीले बाघ मारेको थियो । मनहरी गाउँपालिकाको हेटौँडा उपमहानगरसँग सीमा जोडिएको पूर्वीक्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ ।

पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौँडाको १२, १३, १४ नम्बर वडामा क्षति पुयार्उँदै आएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका