
जनकपुरधाम । मधेश प्रदेशका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आजको प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सल्लाह नगरी ल्याएको र सरकारले व्यापक भ्रष्टाचार गरेको भन्दै माओवादीले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।
माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले नीति तथा कार्यक्रम छलफल नै नगरी ल्याएको र रकमान्तरमा भ्रष्टाचार गरेकोले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको बताए ।
प्रदेशसभा बैठकमा सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा छलफल गर्ने कार्यसूची छ । आज १ बजेको लागि तय गरिएको बैठक अहिलेसम्म पनि सुरु भएको छैन ।