
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ ।
हालका कार्यवाहक प्रवक्ता मनीष झा माघ ३ गतेदेखि ३० गतेसम्म निजी काममा व्यस्त हुने भएकाले उक्त अवधिका लागि रावललाई नयाँ कार्यवाहक प्रवक्ता तोकिएको रास्वपाले जनाएको छ ।
रावल हाल पार्टीकी सहप्रवक्ता हुन् ।