
काठमाडौं । मन्त्रिपरिषद बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज राति ९ः३० बजे यूएईको दुबई जाँदै छ ।