जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • मानव बेचबिखनबाट बालबालिकालाई जोगाउने प्रयासमा जोड दिन राष्ट्रसंघको आह्वान

मानव बेचबिखनबाट बालबालिकालाई जोगाउने प्रयासमा जोड दिन राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्र । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जुलाई ३० मा मनाइने अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा सन्देश जारी गर्दै बालबालिकालाई मानव बेचबिखनबाट जोगाउने प्रयासलाई थप सुदृढ गर्न आह्वान गरेका छन् ।

“मानव बेचबिखन एउटा डरलाग्दो अपराध हो । यस वर्षको अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसमा हामीमध्ये सबैभन्दा कमजोर–बालबालिकाको सुरक्षामा विशेष ध्यान केन्द्रित गरौँ,” गुटेरेसले भने ।

मानव बेचबिखनका पीडितमध्ये एकतिहाइ बालबालिकाहरू रहेका छन् । उ”नीहरूले श्रम शोषण, दुलहीको रूपमा बेचिने, सिपाहीको रूपमा भर्ती हुने वा आपराधिक गतिविधिमा संलग्न हुन बाध्य पारिने जस्ता अकथनीय दुर्व्यवहार भोग्दै आएका छन्,” उनले भने । बढ्दो असमानता र भूमण्डलीकरणले जटिल तस्करीको सञ्जाललाई बढावा दिएको छ जसले परम्परागत कानुनी ढाँचालाई चुनौती दिन्छ र दासत्वका नयाँ रूप सिर्जना गर्दछ ।

संयुक्त राष्ट्रसंघका प्रमुखले औंल्याउँदै भने, “अनलाइन सञ्जालका कारण पनि बालबालिकाहरू यौन शोषण र लैंगिक हिंसाको सिकार भइरहेका र यसले तस्करी गर्ने दलालहरुलाई सीमापारबाट पीडितहरूको शोषण गर्ने माध्यम दिएको छ ।”

यस्ता अपराधका शारीरिक र मनोवैज्ञानिक चोटहरू लामो समयसम्म रहिरहँदा उनीहरूको निर्दोषता, भविष्य र मौलिक हक लुटिएको उल्लेख गर्दै गुटेरेसले भने, “हामीले बाल–संवेदनशील न्याय संयन्त्र निर्माण गर्ने, चेतना जगाउने, पीडित व्यक्तिहरूको हेरचाह गर्ने र कमजोर परिवारहरूलाई सहयोग गरेर शोषणका मूल कारणलाई निर्मुल गर्ने सुरक्षा प्रतिक्रियालाई बलियो बनाउनुपर्छ।”

संयुक्त राष्ट्रसंघका प्रमुखले कुनै पनि बच्चा पीडित नहोस् र कुनै पनि तस्करी कानुनको दायराबाट उम्किन नपाओस भन्दै सरकार, नागरिक समाज र प्राविधिक कम्पनीहरूसहित निजी क्षेत्रलाई आफ्ना प्रयास र सहकार्यलाई तीव्र बनाउन आह्वान गरे । “आजको दिनमा हरेक बालबालिकाको सुरक्षित र स्वतन्त्र भविष्यका लागि हाम्रो प्रतिबद्धता व्यक्त गरौँ,” उनले भने । रासस/ सिन्ह्वा

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका