
मुक्कुमलुङ संरक्षणका लागि आन्दोलनरत दुईजना पहिचानवादी नेतालाई रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेका तीनजनामध्ये दुईजना पहिचानवादी नेताहरूलाई प्रहरीले रिहा गरेको हो ।
मुक्कुमलुङ संरक्षणका लागि आन्दोलन गर्दै आएका खगेन्द्र माखिमले प्रहरी हिरासतमा रहेका विष्णु थाङ्देन र सुमन चेम्जोङ रिहा भएको जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय सुनसरीले अरू थप ६ जना पहिचानवादी नेताको वारेन्ट फिर्ता लिएको पनि बताए । नेता माखेमका अनुसार जेन्टल लावती, अमर इजम, करुण राई, डम्बर लाबुङ, सीताराम राई ९सिवाहाङ० र रमेश राईविरुद्ध जारी वारेन्ट सुनसरी प्रशासनले खारेज गरेको हो । सुनसरी प्रशासनले वारेन्ट जारी गरेर उनीहरूलाई फरार सूचीमा राखेको थियो ।
‘रिहाइ र वारेन्ट खारेज भएका सबैलाई बधाई, प्रहरीले गिरफ्तार गरिराखेका नेतृ सिर्जना बेघा रिहा हुन बाँकी छन्’, उनले भने, ‘ आज रिहा गर्न मानेन । ’उहाँलाई पनि तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’