जोडिनुहोस
बिहिबार, फाल्गुन २९, २०८१
बिहिबार, फाल्गुन २९, २०८१
  • होमपेज
  • ‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

चितवन । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा गुरुङ समुदायमा हरेक वर्ष फागु पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।

यो पर्वमा धनुष वाण, बर्छा, छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि गरिन्छ । खुकुरी जस्ता घरेलु हतियारको पूजा गरी खेल शुरु हुन्छ ।

सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्व धेरै थियो । आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुवाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु सङ्घका अध्यक्ष विक्रम गुरुङले बताए ।

चितवनको– भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका