
काठमाडौँ – प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिकाका २३ वर्षीय प्रेम मगर , दोलखाको मेलुङ्ग गाउँपालिकाका २६ वर्षीय लालमान तामाङ्ग र रामेछापको लिखु तामाकोशी गाउँपालिका २ का २६ वर्षी प्रेम रसाईली रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट रामेछाप लिखु तामाकोशी गाउँपालिका घर भई भक्तपुरको लोकन्थी बस्ने रामकुमार खड्काको हराएको ०२,०३४ प ०९१८ नम्बरको मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाईकल उनीहरुले नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरेका थिए ।