
काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले मंगलबार माघबाट चैत भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
एन्फाले विभिन्न जिल्लामा हुने ११ प्रतियोगिताको तालिका निकालेको हो ।, यस पटक मोफसलमा कम प्रतियोगिता हुने भएको छ ।