
काठमाडौँ । युइएफएले इटालियन क्लब एएस रोमाका प्रशिक्षक जोसे मोरिन्होलाई चार खेलका लागि प्रतिबन्ध लगाएको छ ।
युइएफए मोरिन्होले हालै सम्पन्न युरोपा लिगको फाइनल खेलमा रेफ्रीमाथि गरेको खराब व्यवहारका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । सेभियाविरुद्धको फाइनल खेलमा हार बेहोरेपछि प्रशिक्षक मोरिन्होले स्टेडियम बाहिर कार पार्किंगमा रेफ्रीमाथि दुर्व्यबहारपूर्ण भाषाको प्रयोग गरेका थिए ।
साथै युइएफएले रोमालाई ५५ हजार युरो जरिवाना समेत गरेको छ । रोमाका फ्यानहरुले हंगेरीको पुकास एरिनामा नोक्सानी पुर्याएपछि युइएफएले रोमालाई जरिवाना गरेको जनाएको छ ।