जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३५ मिनेटutes अगाडि
  • होमपेज
  • म्यान्मारकाे सेनाद्वारा हवाई हमला, बालबालिकासहित १३३ जनाको मृत्यु

म्यान्मारकाे सेनाद्वारा हवाई हमला, बालबालिकासहित १३३ जनाको मृत्यु

म्यान्मार–  म्यान्मारको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित  १३३ जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।

सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सागिङ क्षेत्रको एउटा गाउँमा हवाई हमला गरेको सेनाले पुष्टि गरेको छ । सैनिक प्रवक्ता जाव मिन तुनले पिपल्स डिफेन्स फोर्सको कार्यालय उद्घाटन समारोहमा हवाई आक्रमण भएको बताएका छन् ।

“हामीले पाएको स्थलगत जानकारीअनुसार, हाम्रो आक्रमणले मात्र मानिस मारिएका होइनन् त्यस क्षेत्रमा पिपल्स डिफेन्स फोर्सद्वारा बिछ्याइएका माइन पनि थिए, हवाई आक्रमण माइन बिछ्याइएका स्थानमा पनि भएको थियो,” अधिक मानिसको मृत्यु हुनाको कारण स्पष्ट गर्दै प्रवक्ता जाबले भनेका छन् ।

सैनिक शासनविरुद्ध सागिङ क्षेत्रमा महिनौँदेखि उग्र प्रतिरोध जारी छ । देशमा जारी गृहयुद्धमा त्यसलाई दबाउन सेनाले गरेको यो सबैभन्दा घातक आक्रमण हो । आक्रमणमा धैरै महिला र बालबालिकाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् । आक्रमणमा कम्तीमा ३० जना बालबालिका मारिएका छन् । उनीहरू कार्यक्रममा नृत्य प्रस्तुत गर्न त्यहाँ पुगेका थिए ।

संयुक्त राष्ट्रसङ्घका मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले कैयौँ स्कुले बालबालिकाले ज्यान गुमाएको घातक हवाई हमलाबाट आफू आहत भएको बताउँदै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन आह्वान गरेको छ ।

सैनिक सरकारको विरोधमा उत्रिएकाहरूसँग हातहतियारसमेत भएकाले उनीहरूका साथै नागरिकलाई पनि लक्ष्य गरेर सेनाले हवाई आक्रमणको रणनीतिलाई व्यापक बनाएको छ । आन्दोलन दबाउन सेनाले अन्धाधुन्ध आक्रमण गर्दै आएको छ । सामाजिक सञ्जलामा ‘शेयर’ गरिएका तस्बिरमा दर्जनभन्दा बढी जलेका शव, भत्केका भवन र जलेका मोटरसाइकल देखिन्छन् घटनास्थलमा रहेका उद्धारकर्मीले ती तस्बिर वास्तविक भएका न्युयोर्क टाइम्सलाई पुष्टि गरेको छन् ।

म्यान्मारको सेनाले २०२१ को फेब्रुवरीमा शासन आफ्नो हातमा लिएपछि विपक्षीहरूलाई लक्षित गर्दै हवाई आक्रमण गर्दै आएको छ । सागेइङ क्षेत्रका नागरिकले सैन्य शासनको विरोध गर्दै आएका छन् । उनीहरूले छुट्टै फौज बनाएका छन्भने आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन् ।

पिपल्स डिफेन्स फोर्सले म्यान्मारका विभिन्न भागमा सेनाविरुद्ध सशस्त्र अभियान चलाउँदै आएको छ । जारी गृहयुद्धका कारण सयौँको मृत्यु भइसकेको छ भने १४ लाखभन्दा बढी विस्थापित भएका छन् । सेनाले सत्ता सम्हालेपछि विपक्षीलाई दबाउन हालसम्म कम्तीमा छ सय पटक हवाई आक्रमण गरिसकेको छ । सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भएका आक्रमणमा एक सय ५५ सर्वसाधारणले ज्यान गुमाएका छन् ।

गत अक्टोबरमा काचिन राज्यमा जातीय विद्रोही समूहले आयोजना गरेको एउटा साङ्गीतिक कार्यक्रममा वायुसेनाका विमानले बम खसाल्दा ५० जनाको मृत्यु भएको थियो । गत महिना लेट यट कोन गाउँको एउटा विद्यालयमा भएको हवाई हमलामा पाँच जना बालबालिका मारिनुका साथै दर्जनौँ घाइते भएका थिए

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका